काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ९५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार ७८६ र एन्टिजेन विधिबाट ३ हजार ३१ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ९५ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ७४ हजार ६२९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ९५७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ५२ हजार १७० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ जना रहेको छ ।
मन्त्रालयका अनुसार ३७१ संक्रमित आइसीयुमा छन् भने १०८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ५५ लाख ८८ हजार ५१७ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ६२ लाख १५ हजार ८५६ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४८ जना पुगेको मन्त्रालयले जनाएको छ ।























