उर्लाबारी । मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो पक्षधरको प्यानलै उर्लाबारी वडा नं. ५ मा विजयी भएको छ ।
वडा नं. ५ को सभापतिमा तुलबहादुर थापा (रोहित) सानदार मतका साथ विजयी हुनुभयो । उहाँले ८० मत ल्याउनु भयो भने उहाँका प्रतिष्पर्धी विक्रान्त योञ्जनले १९ मत मात्र ल्याउनुभयो । सभापतिमा १ मत बदर भएको थियो । त्यस्तै, आजै भएको खुल्लातर्फको कोमल राजभण्डारी, जनक आचार्य, सुरेश आचार्य, सुरेन्द्र लिम्बू, भेदप्रसाद फागु र हंशबहादुर फागु विजयी हुनुभयो । सो वडाका कांग्रेसबाट निर्वाचिन वडाध्यक्ष भानुभक्त शर्मा पराजुली पराजित बन्नुभयो । त्यस्तै, खस÷आर्यबाट क्षेत्रीय प्रतिनिधिमा कुलबहादुर बस्नेत, रेखबहादुर डाँगी, रुकमणि अधिकारी सर्वसम्मत निर्वाचित हुनुभयो भने आदिबासी÷जनजातीबाट धु्रबकुमार शाक्य, योगराज फागु, रुपाकुमारी श्रेष्ठ, मधेसीबाट मिथलेसदेवी ठाकुर, दलितबाट रामकुमारी विक, अल्पसंख्यकबाट पूर्णकुमारी माझी सर्वसम्मत चयन हुनु भएको छ । त्यस्तै, वडा उपसभापतिमा चन्द्रमान तामाङ, भीम श्रेष्ठ। सचिबमा अर्जुन ढकाल, प्रेम शर्मा ठाकुर, सहसचिबमा सुसन लुईटेल, नरकाजी श्रेष्ठ रहनु भएको छ । त्यस्तै, सदस्यहरुमा शोभा विश्वकर्मा, विवेक कार्की, बिमला राई, सिताराम तिम्सिना, युगप्रसाद ढकाल, पृथ्वीबहादुर कार्की, तिलप्रसाद मानन्धर, मिना लिम्बू, श्यामकुमार राई, चक्रप्रसाद आचार्य, ज्ञानेन्द्र फागु, मेघराज लिम्बू र बलबहादुर राई रहनु भएको छ । वडा नं. १, ६ र ९ मा क्षेत्रीय सभापति फागो पक्षधर सर्वसम्मत निर्वाचित भएका छन् । उर्लाबारी वडा नं. ७ बाहेक अन्य वडामा फागो समूहकै पल्लाभारी हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय