उर्लाबारी । मोरङको उर्लाबारीका ३ जना पत्रकार कांग्रेसको १४ औं महाधिबेशनमा विजयी हुनुभएको छ ।
तीनै जना पत्रकार मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो निकट मानिनुहुन्छ । ब्लाष्ट दैनिकका पत्रकार एबं सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष मदनबाबु प्रसाई उर्लाबारी नगरपालिका वडा नं. ७ को सभापति, अग्रज पत्रकार तथा सञ्चार क्लब नेपालका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा उर्लाबारी वडा नं. ६ बाट क्षेत्रीय प्रतिनिधि र पूर्वज्योति साप्ताहिककी रेनुका निरौला भट्टराई वडा नं. ४ बाट क्षेत्रीय प्रतिनिधिमा विजयी हुनु भएको छ ।























