उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीको वडा अधिवेशनबाट उर्लाबारी नगरसभापतिका उम्मेद्वारदेखि सभापति शेरबहादुर देउवाका डाइहार्ट फ्यानसम्म क्षेत्रीय प्रतिनिधिमै पराजित बनेका छन् ।
उर्लाबारी नगरसभापतिमा उम्मेद्वारीको घोषणा गरिसकेका उर्लाबारी वडा नं. ८ का मुक्तिप्रकाश न्यौपाने वडाबाटै पराजित बनेपछि उनको नगरसभापतिको उम्मेद्वार बन्ने यात्रा रोकिएको छ । क्षेत्रीय प्रतिनिधिमा न्यौपाने पराजित भएसँग उनी अब सभापतिको उम्मेद्वार बन्न पाउने छैनन् । उनी नेपाल विद्यार्थी संघको मोरङ सभापतिसमेत भइसकेका छन् ।
त्यस्तै, सभापति शेरबहादुर देउवाका डाइहार्ट फ्यान बताउने भीम थापा पनि वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित बन्न पुगे । उनी उर्लाबारी वडा नं. २ बाट क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बनेका थिए । तर, क्रियाशिल सदस्यहरुले उनलाई पत्याएनन् । त्यस्तै, मोरङ क्षेत्र नं. १ क का सभापति प्रकाश थापा पनि क्षेत्रीय प्रतिनिधिमा वडाबाटै पराजित बन्न पुगे । उर्लाबारी वडा नं. ३ बाट उनी क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बनेका थिए । त्यस्तै, उर्लाबारी तरुण दलका सभापति नारायण सिटौला पनि वडाबाटै क्षेत्रीय प्रतिनिधिमा आउट भए । उर्लाबारी वडा नं. ४ का क्रियाशिल सदस्यहरुले उनलाई क्षेत्रीय प्रतिनिधिमा पत्याएनन् । र, पराजित बन्न पुगे । त्यस्तै, नेपाली कांग्रेसबाट निर्वाचित उर्लाबारी वडा नं. ५ का वडाध्यक्ष तथा उर्लाबारी नगरपालिकाको प्रवक्ता भानुभक्त शर्मा पराजुली पनि क्षेत्रीय प्रतिनिधिमा वडाबाटै पराजित बनेका छन् । त्यस्तै, नेपाल तरुण दल मोरङका सचिब सचिन शाक्यले भने वडा नं. ६ मा बहिस्कारको घोषणा गर्दै क्षेत्रीय प्रतिनिधिमा उम्मेद्वारी नै दिएनन् । अधिकांश हेबी वेटका उम्मेद्वार मानिएका वडाबाट परािजत बन्न पुगेका छन् ।























