पुजन दास
मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँसभापति उम्मेद्वार बबी राईको पक्षमा ९० प्रतिशत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको दाबी गरिएको छ ।
मिक्लाजुङका ९ वटै वडाबाट क्षेत्रीय प्रतिनिधि तथा वडासभापतिहरुमा राई पक्षको पल्लाभारी भएको दाबी गरिएको हो । प्रभावशाली युवा नेताको छबी बनाएका राईले मिक्लाजुङ गाउँ सभापति पदको उम्मेद्वार बन्ने निश्चित छ । राईसँग सभापति पदमै अरुण बस्नेतले प्रतिष्पर्धा गर्ने सम्भावना रहेको छ । अर्का सभापति पदका दाबेदार चुणामणि प्याकुरेल क्षेत्रीय प्रतिनिधिमै पराजित बन्न पुगे । यो सँगै राई र बस्नेतको भिडन्त हुने सम्भावना देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय