उर्लाबारी । नेपाली कांग्रेस समन्वय समितिले उर्लाबारी नगरपालिकाको ९ वटै वडाबाट निर्वाचित वडा सभापतिसहितको समिति तथा क्षेत्रीय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, उर्लाबारी नगरसभापति तथा उर्लाबारी नगरपालिका वडा नं. ७ का सभापति बीरबल थापा , नेपाल महिला संघकी केन्द्रीय सदस्य सीता कार्की, शोभा पालुङ्वा चेम्जोङ, नेता अर्जुन तुम्रोकलगायतको सहभागीतामा सो कार्यक्रम भएको हो । वडा नं. १ देखि ९ सम्मका वडासभापति, पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरुलाई अबिर र खादा लगाएर बधाई ज्ञापन गरिएको छ । नगरसभापति थापाले अबिर र क्षेत्रीय सभापति फागोले खदा लगाइदिनुभयो ।























