उर्लाबारी । नेपाली कांग्रेसको असोज १५ र १६ गते हुने नगर अधिवेशनका लागि नगरसभापतिमा सुरेन्द्र लिम्बूले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
उर्लाबारी नगरपालिका जडा नं. ५ को सभापतिको जिम्मेवारी निर्वाह गरिसक्नु भएका लिम्बू यस पटक नगरसभापति बन्ने पक्कापक्की देखिएको हो । उहाँले उम्मेद्वारी घोषणासँगै सर्वसम्मत हुने सम्भावना बढेको छ । उर्लाबारी नगरपालिका क्षेत्रमा वडा नं. ७ बाहेक सबैमा मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो पक्षले क्षेत्रीय प्रतिनिधिमा जितेका छन् भने ९ वटै वडासभापति फागो पक्ष हुन् । लिम्बूलाई फागोको समर्थन छ । जसका कारण लिम्बूको विजयी निश्चित छ । नगरसभापतिका आकांक्षी मुक्तिप्रकाश न्यौपाने वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित बनेपनि उहाँको यात्रा पूर्ण विराम लागेको थियो भने अर्का आकांक्षी वर्तमान नगरसभापति बीरबल थापा सहमति र सहकार्य गरेर प्रदेश नं. १ क को सभापति बन्ने दौडमा रहेको जानकार स्रोत बताउँछ । तर, थापाले भने कुन पदमा उम्मेद्वारी दिने हो भन्ने विषयमा केही बोल्नु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय