प्रेम मिभक
भन्न पाईन्छ
लोकतन्त्र हो।
भलाद्मी युबराज
पारस शाहा
मान्नेहरुले मानिदेउ
श्रीपेच पनि लाईदेउ
गुनगान गाईदेउ
तर
अब
दरबारमा राख्न पाईदैन
सबिधानले मिल्दैन
ब्यबस्थाले चिन्दैन
जनताले दिदैन
लोकतन्त्र हो
भन्न पाईन्छ
भलाद्मि युबराज
पारस शाहा
तर
अब
राजतन्त्रमा जस्तो
फरक बिचार राख्दैमा
जिउदै गाडिदैन
बधशालामा राखिदैन
रिस उठदा मारिदैन
गोलि चलाईदैन
लोकतन्त्र हो
भन्न पाईन्छ
………..
तर
अब
कानुन मान्नु पर्छ
सबिधान मान्नुपर्छ
सानोलाई थिच्न पाईदैन
कानुन मिच्न पाईदैन
लोकतन्त्र हो
………..
तर
अब
कानुन भन्दा माथि, कोहि छैन
बशिय ब्यबस्था ,पनि होईन
सडकमा साढे भएर नहिड
सबै नागरिक सरह हिड
लोकतन्त्र हो
भन्न पाईन्छ
भलाद्मि युबराज
पारश शाहा























