उर्लाबारीका गायक सुरेश धिमालको नयाँ प्रेमगीत ‘मुसुक्क हाँस्न’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
उर्लाबारी–५ स्थित एरोमा होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा रुमा निरौला र रुपेशजंग थापाले अभिनय गरेका छन् । प्रेम कथामा आधारित गीतले माया र भावनात्मक सम्बन्धलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ ।
गीतका शब्द तथा संगीत लेखराज ढकाल ले तयार पारेका हुन् भने भिडियोको निर्देशन र छायांकन अंगम बस्नेत र पुजन दास ले संयुक्त रूपमा गरेका छन् । उक्त गीत प्रेम विधामा आधारित रहेकाले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । गायक धिमालले आफ्ना सिर्जनामार्फत उर्लाबारीको संगीत क्षेत्रलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् । भिडियो सार्वजनिक कार्यक्रममा विहानी कला केन्द्रकी सञ्चालिका तथा प्रशिक्षक यशोदा शाक्यलगायतको उपस्थिति रहेको थियो । उहाँले भिडियो राम्रो बनेको प्रतिकृया दिनुभयो । गायक धिमालले आगामी दिनमा पनि गीत संगीतको क्षेत्रमा निरन्तर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय