उर्लाबारी । नेकपा माओवादी केन्द्रका केन्द्रयि सदस्य एबं युवा विभागका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले संसोधन विना एमसीसी पारित नगर्ने बताउनुभएको छ ।
मोरङको उर्लाबारीमा आज भएको बाइसीएल नेपाल प्रदेश नं. १ को बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सरकारको गठबन्धन टुटेपनि संसोधन विना एमसीसी पास गर्ने पक्षमा माओवादी नरहेको प्रष्ट पार्नुभयो । उहाँले माओवादीका बारेमा भ्रम सिर्जना गर्ने कामको भन्दै त्यसप्रति सचेत रहन पनि निर्देशन दिनुभयो । उहाँले आगामी बैशाख ३० गते गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेकाले त्यसतर्फ केन्द्रीत रहन पनि उहाँले कार्यकर्ताहरुलाई अपिल गर्नुभयो ।
कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय संयोजक सुमन देवकोटाले युवाहरुलाई स्थानीय तहको निर्वाचन केन्द्रीय रहन निर्देशन दिनुभयो । उहाँले क्रान्तिकारी युवाहरु एकजुट भएर अघि बढ्न आवश्यक रहेको औलाउँदै युवाहरु वाइसीएलमा गोलबन्द भएर अघि बढ्न युवाहरुलाई अपिल गर्नुभयो ।
वाइसीएलका सह–संयोजक सुबोधराज सेर्पालीले माओवादी एमसीसीको पक्षमा नरहेको प्रष्ट पार्दै पार्टी अध्यक्ष प्रचण्डका बारेमा भ्रम सिर्जना गर्नेे काम भइरहेको बताउनुभयो । माओवादीकै कारण एमसीसी पारित हुन नसकेको उल्लेख गर्दै राष्ट्रघाती सम्झौताको पक्षमा नरहेको उहाँले प्रष्ट पार्नुभयो । भेलामा प्रदेशभरीका सदस्यहरुको सहभागीता रहेको वाइसीएल केन्द्रीय अनुशासन विभागका सदस्य दिपकआले मगरले जानकारी दिनुभयो । बैठकले आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचन, एमसीसी, युवाहरुको अवस्थालगायतका बारेमा छलफल भएको थियो । कार्यक्रम वाइसीएलका प्रदेश नं. १ का संयोजक डम्बर (कर्म) पुलामीमगरको सभापतित्वमा भएको थियो ।























