उर्लाबारी । संविधान दिवसको अवसर पारेर मोरङको मिक्लाजुङ गाउँपालिकाले दिपप्रज्वलन र विरुवा रोपेको छ ।
मिक्लाजुङ क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ भने मिक्लाजुङको मधुमल्ला बजारमा दिपप्रज्वलन गरेको हो । मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको मिक्लाजुङ क्याम्पसमा विभिन्न जातका बोटबिरूवा रोपिएको थियो । विरुवा रोप्ने कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राई, उपाध्यक्ष दिनेश पौडेल,वडा नं. ७ वडा अध्यक्ष सुशीलराज चौहान, ८ नम्बर वडाध्यक्ष पूर्णबहादुर कुँवर, वडा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरू, मिक्लाजुङका सामुदायिक तथा निजि विद्यालयका शिक्षक तथा विद्यार्थीहरू र स्थानीयहरूको उपस्थिति रहेको थियो । बुधबार साँझ ८ आंै संविधान दिवसको अवसरमा दिपप्रज्वलन गरिएको संचारकर्मी किशोर निरौलाले जानकारी दिनुभयो ।























