
उर्लाबारी । मोरङको उर्लाबारीका पत्रकार ज्योति शर्मालाई समाचार लेखेकै विषयमा धम्की आएको छ ।
उर्लाबारी–३ का प्रकाश थापाले सार्वजनिक पैनी मिचेर घर बनाएको विषयमा समाचार लेखेपछि थापाका भाई ज्योति थापाले धम्की दिएका हुन् । थापाले उर्लाबारी बस्न मन छैन भन्दै थर्काउने गरेको शर्माले जानकारी दिनुभयो । शर्माले पटक पटक धम्की दिने काम भइरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी प्रशासनमा माग गर्नुभएको छ । हिमशिखर टेलिभिजन र राष्ट्रिय समाचार पत्र दैनिकमा आबद्ध रहेका शर्मा थापाका छिमेकी पनि हुनुहुन्छ । शर्माको जग्गासमेत अतिक्रमणमा परेको र सार्वजनिक पैनीमा प्रकाश थापाको घर निर्माण भएको बताइएको छ । सार्वजनिक पैनी कायम गर्न काम गर्दै दिएको निवेदन फिर्ता गर्न प्रकाश थापाले दबाब दिएको शर्माको भनाई छ । प्रकाश थापा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ क का सभापति हुनुहुन्छ ।