
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ मा फर्किन तयार हुनु भएको छ ।
बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली जेठ २ मा फर्किन सहमत भएको एक सहभागीले बताउनुभएको छ ।