
उर्लाबारी । झापाको दमकका ३६ बर्षीय राजकुमार राजवंशी श्रीमति अर्कैसँग भागेपछि न्यायका लागि भौतारिरहेका छन् ।
३२ बर्षीया सुमी राजवंशी पाँचथरका सन्तोष लिम्बूसँग भागेपछि यतिबेला न्याय खोज्दै भौतारिएका हुन् । बैशाख ५ गते सुमी सन्तोषसँग भागेको श्रीमान राजकुमारको भनाई छ । १३ र १८ बर्षका छोरालाई छोडेर सुनचाँदी तथा नगद लिएर श्रीमति भागेपछि यतिबेला न्यायको खोजीमा रहेको पीडित राजकुमार बताउँछन् । श्रीमान र श्रीमतिबीच एक बर्षदेखि मनमुटाब रहँदै आएको बुझिएको छ । पोइला गएकी श्रीमतिले उल्टै थर्काएको बताउँदै न्यायका लागि सहयोग गरिदिन अपिल गरेका छन् । हेर्नुहोस् भिडियोमा