काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ६४८ र एन्टिजेन विधिबाट ४ हजार ९९२ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४४४ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९५० जना रहेको छ ।
२४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५१ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।























