उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको आसन्न चुनाबी साधारणसभामा नेकपा माओवादी केन्द्रले पनि अध्यक्षमा उम्मेद्वार दाबी गर्ने तयारी गरिरहेको छ ।
संघका वर्तमान उद्योग उपाध्यक्ष यामलाल रसाईलीको नेतृत्वमा माओवादी केन्द्रले अध्यक्ष पदमा उम्मेद्वारीमा दाबी गर्ने बाइसीएल नेपाल मोरङका उपाध्यक्ष राजिब लिम्बूको भनाई छ । वामगठबन्धन गरी माओवादी अघि बढ्ने तयारी गरिरहेको अवस्थामा बाइसीएलले भने वर्तमान अवस्थामा वाम गठबन्धन गर्नु औचित्व नभएको बताउँदै आएको छ । विगतको निर्वाचनमा वाम गठबन्धनमा माओवादीतर्फका उम्मेद्वार पराजित भएका थिए भने एमालेतर्फका विजयी भएका थिए ।























