खड्ग बेदना
सिजुवा । मोरङको रतुवामाई नगरपालिकाको वडा नं.१,२ र ४ को सडक किनारामा आज विरुवा रोपिएको छ ।
रतुवामाई नगरपालिकाको आमबारीदेखि कुटुम्बगंजसम्मको सडक किनारामा विरुवा रोपिएको हो । सुन्दर र हराभरा बातावरण बनाउने उद्देश्यले विरुवा रोपिएको छ । रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राईले विरुवा रोपेर कार्यक्रममा उद्घाटन गर्नुभयो । उहाँले विरुवा रोप्नुमात्र ठूलो कुरा नभएको बताउँदै त्यसको उचित संरक्षण गरी हुर्काउनु पर्नेमा जोड दिनुभयो । वन तथा भू–संरक्षण बिभाग तथा रतुवामाई नगरपालिकाको साझेदारीमा वडा नं.१, २, र ४ को सडक किनारामा २ हजार ४ सय विभिन्न जातका बिरुवाहरु रोपिने सडक किनारा बृक्ष्ाँरोपण उपभोक्ता समिति रतुवामाई १,२ र ४ का अध्यक्ष्ँ गिरिजाप्रसाद यादवले जानकारी दिनुभयो । सो विरुवा रोप्ने कार्यक्रममा रतुवामाई नगरपालिका वडा नं. १ का वडाध्यक्ष हरिप्रसाद गिरी, वडा नं. २ का वडाध्यक्ष किरणलाल सिंह गनगाई, वडा नं. ४ का वडाध्यक्ष्ँ देवराज राजबंशी तथा बृक्षरोपण उपभोक्ता समितिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।























