अनिल चौहान
उर्लाबारी । उर्लाबारी वडा नं. ४ को वडा कार्यालय उत्तर विशाल टोल जोड्ने सडक बर्षासँगै हिलाम्मे हुँदा स्थानीयलाई आवातजावतमा समस्या भएको छ ।
स्थानीय जनप्रतिनिधिहरुको ध्यान नपुगेकै कारण स्थानीयले सास्ती खेप्नु परेको हो । बर्षासँगै सडकमा परेका खाल्डाखुल्डीमा जमेको पानीका कारण हिँड्न समस्या भएको स्थानीयको गुनासो छ । स्थानीयले तत्काल खाल्डाखुल्डी पुरिदिन माग गरेका छन् । जेष्ठ नागरिकको भवनसमेत सो स्थानमा रहेकाले सडक बेहाल मर्मत तत्काल गर्न आवश्यक रहेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय