उर्लाबारी । मोरङको उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको तोडफोडको भत्र्सना गर्दै उर्लाबारी उद्योग बाणिज्य संघले दोषीलाई कार्वाही गर्न माग गरेको छ ।
नेकपा एमालेको विस्तारिक बैठकको क्रममा हिजो तोडफोड भएको थियो । संघका अध्यक्ष प्रितम खड्गी र महासचिब राम थापाले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको खेद प्रकट गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । साथै तोडफोडको क्षतिपूर्ति दिलाउन पनि संघले प्रहरी प्रशासनलाई अनुरोध गरेको छ । आगामी दिनमा अवान्छित क्रियाकलाप हुन नदिन र ब्यवसायी तथा उर्लाबारीबासीहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी प्रशासनलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय