उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबी साधारणसभा सरेको छ । आज बसेको बैठकले भदौ ३० र ३१ गते गर्ने निर्णय भएको संघका अध्यक्ष प्रितम खड्गीले जानकारी दिनुभयो । यसअघि भदौ २६ र २७ गते गर्ने निर्णय भएको थियो । सोही मितिमा कांग्रेसको अधिवेशन परेकाले केही दिन साधारणसभा सारिएको उहाँले जानकारी दिनुभयो । आजकै बैठकले मुख्य निर्वाचन आयुक्तमा महेन्द्रजंग तामाङ, आयुक्तमा केशब कार्की र धर्मराज शाक्यलाई चयन गरेको छ ।























