विजय धिमाल, उर्लाबारी
मोरङको उर्लाबारीस्थित नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको १३ औं बार्षिक साधारण सभा चैत्य बौद्घ गुम्बामा सम्पन्न भएको छ ।
उर्लाबारीमा रहेका आदिवासी जनजातिको हक, अधिकारको निमित्त सहज बनाउन साथ सहयोग गर्न भनी बि.स. २०४७ सालमा स्थापना भएको हो । कार्यक्रममा उर्लाबारीको बिभिन्न स्थानबाट बिभिन्न जातिले प्रतिनिधित्व जनाएका थिए । कार्यक्रममा महासंघको उन्नति प्रगती, बार्षिक प्रतिवेदन प्रस्तुत संगै धिमाल जातिय बिकास केन्द्र नगरसमिति, नेवा देय दबु नगरसमिति, किराँत राई यायोखा नगरसमिति, नेपाल तामाङ घेदुङ नगरसमिति, किराँत याक्थुम चुम्लुङ नगरसमिति, किरात याख्खा छुम्मा नगरसमिति, नेपाल मगर संघ नगरसमिति, तमु घ्यूल छोजधी गुरुङ राष्ट्रिय परिषद नगरसमिति र दनुवार जनजागरण समाज नगरसमितिलाई एक÷एक थान स्टिलको दराज समेत बितरण गरेका थिए । उर्लाबारीमा करिब ५० प्रतिशत आदिवासी बसोवास रहेको जानकारी दिदै आदिवासीको कार्यक्रमलाई सामान्य रकम दिँदैमा खुसी हुन आवश्यक नरहेको, आगामीको जनगणमा होसियार रहन, आदिवासी भित्रकै मान्छे माथिल्लो तहसम्म पुगेपनि केही गर्न नसकेको र अबको कार्यक्रमहरु भनेको जातिय उत्थानका लागी ल्याउनुपर्ने नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद उर्लाबारीका सल्लाहकार रुरुबहादुर तामाङले बताए । त्यस्तै उर्लाबारी नगरले साथ सहयोग दिदै आएकोमा खुसि व्यक्त गर्दै हाम्रो दमक नगरपालिकाले अहिले सम्म केही साथ सहयोग नगरेको आदिवासी जनजाती महिला महासंघ दमकका अध्यक्ष भगवती श्रेष्ठ दुखेसो व्यक्त गरिन् । त्यस्तै, आदिवासी भन्छांै आफ्नो भाषा र पहिचान गुमाइरहेका छांै, अरु जातीलाई दोस दिएर हैन हामी आफ्नै कमिकमजोरी सुधार गरेर अघि बढ्नुपर्ने समय आएको नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीका सल्लाहकार चन्द्रबहादुर श्रेष्ठको भनाई रहेको थियो । त्यस्तै हामी आदिवासीमा अझै पनि थोर बहुत जनचेतना कम भएको हो र माथिल्लो तहमा रहेकाहरुले समेत वेवास्था वा बिभेद गरीएको धिमाल जातीय बिकास केन्द्र उर्लाबारी नगर समितिका अध्यक्ष नारायण धिमालले आफ्ना कुरा राखेका थिए । अबका दिनहरुमा सबै नगरले पहुँच बृद्घिका कार्यक्रमहरु ल्याउन अब डराएर हैन शिर निहुराएर हैन संविधान र स्थानीय सरकारले दिएसम्मको हक, अधिकार खोज्दै आदिवासीहरु प्रगती तिर लाग्न कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाती महासंघ मोरङ जिल्ला अध्यक्ष दिलबहादुर थेवेको आग्रह रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ मोरङ जिल्ला अध्यक्ष दिलबहादुर थेवे, बिशिष्ठ अतिथिमा जिल्लाका भोजबहादुर माझी, नरबहादुर लामाङ अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीका संस्थापक अध्यक्ष रामकुमार राई, सल्लाहकार रुद्रबहादुर तामाङ,चन्द्रबहादुर श्रेष्ठ, आदिवासी जनजाती महिला महासंघ दमकका अध्यक्ष भगवती श्रेष्ठ, उपाध्यक्ष आममाया आङदेम्बे, धिमाल जातीय बिकास केन्द्र उर्लाबारी नगर समितिका अध्यक्ष नारायण धिमाल लगायत बिभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरुको आथित्य रहेको थियो भने नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीका अध्यक्ष मणिलाल श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
https://www.youtube.com/watch?v=MI5ef7jF8RM























