उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा लोकतान्त्रिक साझा गठबन्धनले लोकप्रिय युवा ब्यवसायीहरुलाई उम्मेद्वार बनाएको छ ।
अध्यक्षमा तारामान सेरेङ, बरिष्ठ उपाध्यक्षमा दिलु श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा निरु चौहान, उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल (बागाई(, महासचिबमा हेमराज गुरुङ, उद्योग सचिबमा पूर्ण सिंगक लिम्बू, बाणिज्य सचिबमा भेषबन्धु निरौला र कोषाध्यक्षमा कृष्ण गिरीलाई उम्मेद्वार बनाएको छ ।
त्यस्तै, सदस्यहरुमा नविन श्रेष्ठ, भीम घिमिरे, बेचन यादब, योबाहाङ तुम्वाहाम्फे र राजकुमार श्रेष्ठ (राजु)लाई उम्मेद्वार बनाइएको छ । त्यस्तै, लेखा समिति संयोजकमा गणेश खत्री, सदस्यहरुमा रोशन घिमिरे र विकास राईलाई उम्मेद्वार बनाइएको छ । कांग्रेस, जसपा र लिम्बूवानसहितका समर्थक ब्यवसायीहरुको लोकतान्त्रिक साझा गठबन्धन बनाइएको छ । उक्त गठबन्धनले आज दिउँसो ११ बजे उम्मेद्वारहरु घोषणा गर्ने कार्यक्रम रहेको छ ।























