अनिल चौहान
उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक साझा गठबन्धनले सार्वजनिक भएको छ ।
अध्यक्षमा तारामान सेरेङ, बरिष्ठ उपाध्यक्षमा दिलु श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा निरु चौहान, उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल (बागाई), महासचिबमा हेमराज गुरुङ, उद्योग सचिबमा पूर्ण सिंगक लिम्बू, बाणिज्य सचिबमा भेषबन्धु निरौला र कोषाध्यक्षमा कृष्ण गिरीलाई उम्मेद्वार बनाएको छ ।
त्यस्तै, सदस्यहरुमा नविन श्रेष्ठ, भीमप्रसाद घिमिरे, दशरथ यादब (बेचन), योबाहाङ तुम्वाहाम्फे र राजकुमार श्रेष्ठ (राजु)लाई उम्मेद्वार बनाइएको छ । त्यस्तै, लेखा समिति संयोजकमा गणेश खत्री, सदस्यहरुमा रोशन घिमिरे र विकास राईलाई उम्मेद्वार बनाइएको छ । कांग्रेस, जसपा र लिम्बूवानसहितका समर्थक ब्यवसायीहरुको लोकतान्त्रिक साझा गठबन्धन बनाइएको छ । उर्लाबारी नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति खड्ग फागो, नेपाली कांग्रेस उर्लाबारी नगरसभापति तथा उर्लाबारी वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, जनता समाजवादी पार्टीका उर्लाबारी नगरअध्यक्ष मातृका धिमाल, संघीय लिम्बूवान पार्टीका नेता बरुण लाबुङ, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, पूर्व अध्यक्ष केशब कार्की, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठलगायतले बोल्नुभयो । उहाँहरुले ब्यवसायी तथा उद्योगीहरुको हकहितमा काम गर्न सक्ने युवाहरुलाई उम्मेद्वार बनाएकाले विजयी गराउन अपिलसमेत गर्नुभयो । कार्यक्रमको सभापतित्व संघका पूर्वअध्यक्ष तेजकुमार रिजाल रहनु भएको थियो भने सञ्चालन जसपाका नेता दिपक न्यौपानेले गर्नुभएको थियो ।























