पथरी । प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको छ । सदस्यहरुमा ज्योती शर्मा, हरि अधिकारी, प्रेम देवान, जनक ढकाल, श्रीमन्त भट्टराई, बाबुराम मुडियारी, डम्बर सिन्चुरी, बबिता साम्पाङ, सन्दिप राई, रामकुमारी राई, सुजता लिम्बू, पवन साह, सनम रोक्का, राकेश कर्ण, गोपाल नेपाली, मौसम लिम्बू, सुमन कुरुङ्बाङ, आशिका लम्साल, एलिना दियाली, शिवहाङ राई, क्रान्ति लिम्बू, अनिल चौहान रहेका छन् ।

यस्तै विपुल सुवेदी, पुजन दाश, मिनु मोक्तान, बबिता लिम्बू, सम्झना राई, सुरज ढुंगाना, विनोद मेहता, स्मृति तिमल्सिना, राजकुमार मण्डल, सुरञ्जन लिम्बू र सुशिल साह रहेका छन् । पछि एक जना थप गरिने संयोजक आचार्यले बताए ।

भेलामा पूर्व मन्त्री राष्ट्रियसभा सदस्य गोपी आछामी, प्रदेश सांसद तथा माओवादी केन्द्र मोरङका सह–इन्चार्ज कूलप्रसाद साम्बा, संविधानसभा सदस्य लालबहादुर सुस्लीङ मगर, माओवादी मोरङका संयोजक गणेश उपे्रती (शुसिल), प्रेस संगठनका केन्द्रीय सचिव तथा पत्रकार महासंघ १ नम्बर प्रदेशका महासचिव विवेक गौतम, संगठनको १ नम्बर प्रदेश संयोजक राजन केडी, केन्द्रीय सदस्यहरू भक्तशेर लिम्बू, अर्जुन जम्नेली राई, गणेश लम्साल, प्रदेश कोषाध्यक्ष एवं नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष मोहन भट्टराई, नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे नगर संसदीय दलका नेता एवं वडा नं. ४ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय