पुजद दास

उर्लाबारी । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको उर्लाबारीमा बुधबार भएको वडा नम्वर २ को सभापतिमा रुद्र बराल विजयी भएका छन् ।
बरालले वडा सभापतिका प्रत्यायसी पुष्पराज थापा र टंक कटुवाललाई पराजित गरी निर्वाचित भएका हुन् । बुधबार भएको निर्वाचनमा बरालले १ सय ७ मत, कटुवालले ८ र पुष्पराज थापाले ६४ मत ल्याएका थिए । यस्तै क्षेत्रीय प्रतिनिधिमा प्रत्यक्षतर्फ सर्वाधिक मत ल्याएर वडा अध्यक्ष राजन कुमार कडेल विजयी भएका छन् । उनले क्षेत्रिय प्रतिनिधि प्रत्यक्ष तर्फ सर्वाधिक १ सय ३१ मत प्राप्त गरे भने टंक बहादुर राईले १ सय ३, शेरबहादुर भण्डारीले ९९, खगेन्द्र थापाले ८६, चिरञ्जिवि थापाले ८३ र ज्योति थापाले ७६ मत ल्याई विजयी भएका छन् । ज्योति थापाबाहेक सबै फागो पक्षमा हुन् । यस्तै, खस आर्य तर्फ भक्तबहादुर बस्नेत ९१ र लक्ष्मण ढकाल ८१, खस आर्य महिला खुल्ला तर्फ खड्ग कुमारी निरौला ठुल दिलीको सर्वाधिक १ सय २९, बानु सुब्बाको १ सय ६ र संजिता धिमालको १ सय २ मत रहेको छ ।

यस्तै खस आर्य महिला तर्फ रिता बुढाथोकी ९९ मत, आदिवासी जनजाति महिला तर्फ बुद्धिमाया धिमाल ९७ र दलित तर्पm फुलसरी विश्वकर्मा १ सय १० मत ल्याई विजयी भएका छन् । यी सबै फागो पक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय