रबिन्द्र बराल,रंगेली
मोरङ सुनवर्षी नगरपालिकाकाे डाइनिया बजारमा सञ्चालनमा रहेको न्यू श्रीकृष्णा ज्वेलर्स र योगिता ज्वेलर्स पसलकाे ताला तोडफोड गरि चाेरी गर्न खाेज्नेलाई प्रहरीले पक्राउ गरेकाे छ ।
सुन चाँदीका गरगहनाहरु चोरी गर्ने प्रयास गर्ने सुनबर्षी ८ हरिशचन्द्रगढी बस्ने वर्ष ३० काे जफर आलम रहेका छन् । रंगेली प्रहरीले पक्राउ गरि आलमलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय