दमक । झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम गरिएको छ ।
बिहीबार लक्ष्मी सनराईज बैंक दमक शाखाले विद्यार्थीहरुलाई एक दिने वित्तिय साक्षरता कार्यक्रम गरेको हो । बैंकले विद्यार्थीहरुका लागि बचत गर्ने बानीको कसरी विकास गर्ने, बचत के हो ? जीवनमा बचतको कस्तो महत्व छ ? कसरी बचत गर्ने कसरी आम्दानी गर्ने, डिजिटल बैकिङ प्रविधिको प्रयोग र यो प्रयोग गर्दा अपनाउँनुपर्ने सावधानीलगायातका बारेमा प्रशिक्षणात्मक अभिखीकरण प्रदान गरिएको लक्ष्मी सनराईज बैंक दमक शाखाका प्रमुख रोशन भट्टराईले जानकारी दिनुभयो ।

प्रशिक्षणमा कक्षा ११ र १२ का १ सय १८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । लक्ष्मी सनराईज बैंकका प्रमोद हरि पोखरेल, रोशन भट्टराई र भरत प्रसाईले प्रशिक्षण दिनुभएको थियो । अहिलेको डिजिटल बैकिङ युगमा बैकिङ सहजतासँगै बैकिङ क्षेत्रमा देखिएका विकृति रोक्न र बिद्यार्थीहरुलाई बैकिङ सचेतना बढाउँदै लैजानका लागि यस प्रकारको कार्यक्रमहरु बैंकले स्कुल कलेजमा समेत राख्दै आएको छ ।
विद्यालयका प्रधानाध्यापक द्रोणकुमार श्रेष्ठले तालिमबाट विद्यार्थीहरुलाई थुप्रै बैकिङ गतिविधिका वारेमा जानकारी प्राप्त भएको भन्दै लक्ष्मी सनराईज बैंक दमक शाखालाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय