दिपेन्द्रबहादुर बराईली

उर्लाबारी । मोरङको उर्लाबारी–८ हाल हङकङमा रहनुभएका कमल लिङ्थेपले सञ्चारकर्मी विजय धिमाललाई इन्टरनेट जडान गरिदिनुभएको छ ।
धिमाल पत्रकार मञ्चका केन्द्रीय अध्यक्षसमेत रहनुभएका विजयलाई काम गर्न सहज होस् भन्ने हेतुले सामाजिक ब्यक्तित्व लिङ्थेपले इन्टरनेट जडान गरिदिनुभएको हो । उर्लाबारी पेज, गुन्जन खबर र सेउपाखा अनलाइन सञ्चालन गर्दै आउनु भएका उर्लाबारी–८ निवासी विजयले इन्टरनेट जडान गरिदिने सहयोगीदाता लिङ्थेपप्रति धन्यवाद एबं आभार प्रकट गर्नुभएको छ । लिङ्थेपले एक बर्षका लागि इन्टरनेट जडान गरिदिनुभएको छ । सामाजिक क्षेत्रमा सक्रिय लिङ्थेपले ६० लाख भन्दा बढी सामाजिक कार्यमा खर्च गरिसक्नुभएको छ । बुवा बेलबहादुर लिङ्थेप र आमा नरमाया लिङ्थेप स्मृति अक्षयकोष स्थापना गरी निरन्तर सामाजिक कार्यमा अघि बढ्ने सामाजिक ब्यक्तित्व लिङ्थेपले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय