
झापा, इलाका प्रहरी कार्यालय अनारमनीले नक्कली सुनको टिल बिक्री गर्ने १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जल्पाइगुडी-४० सिलिगुडी भारतका ५४ बर्षिय शेर बहादुर गिरी रहेका छन् । हिजो दिउँसो साढे २ बजे झापाको बिर्तामोड नगरपालिका-५ शनिश्चरे स्थितबाट गिरीले आफु सुन बेच्ने मानिस भएको भन्दै आफुसँग भएको नक्कली काँचो सुनको टिल ६० हजार रुपैयामा झापाको बुद्दशान्ती गाउँपालिका-२ की ४५ वर्षिया सविता सिटौलालाई ललाई फकाई गरी बिक्री बितरण गरी ठगी गरेका थिए । घटना घटेको केही समय पश्चात आफु ठगीमा परेको पत्तो पाएकी सिटौलाले तत्काल प्रहरीमा खबर गर्नसाथ इलाका प्रहरी कार्यालय आनारमनी झापाबाट खटिएको प्रहरी टोलीले गिरीलाई झापाको विर्तामोड नगरपालिका-५ स्थितवाट पक्राउ गरेको र ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।