
उर्लाबारी । मोरङ सुनचाँदी व्यवसायी संघको १० औं साधारणसभा तथा चौंथो चुनाबी सभाले अशोक धिमालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
शनिबार उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा भएको साधारणसभाले सर्वसम्मत अध्यक्षमा धिमाललाई चयन गरेको हो । उपाध्यक्षमा राम थापा, महासचिबमा हेमराज गुरुङ, सचिबमा अमृतकुमार श्रेष्ठ र कोषाध्यक्षमा टिका सेन ठकुरी रहनुभएको छ । सदस्यहरुमा राजकुमार श्रेष्ठ, दिलिप घिमिरे, नरकाजी श्रेष्ठ, ताराप्रसाद गौतम र सोम गजमेर रहनुभएको छ ।
अध्यक्ष ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) को सभापतित्वमा भएको संघको १० औं साधारणसभा तथा चौंथो चुनाबी सभा भएको थियो । निवर्तमान अध्यक्ष बन्नुभएका श्रेष्ठले नयाँ नेतृत्वले थप संघलाई उचाईमा पु¥याउने विश्वास ब्यक्त गर्नुभयो ।