
उर्लाबारी । मोरङको बेलबारीमा जारी मोरङ जिल्ला ए डिभिजन फुटबल प्रतियोगितामा सम्राट स्र्पोटिङ क्लब विजयी भएको छ ।
आज भएको खेलमा बेलबारी फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सम्राट स्र्पोटिङ विजयी भएको हो । विजयी सम्राट स्र्पोटिङले ३ अंक जोडेको छ । सम्राट स्र्पोटिङका प्रतिक लिम्बूले २, छबिलाल ठकुरी र निशान राईले १÷१ गोल गरेका थिए भने बेलबारीको तर्फबाट दिपक मगरले एकमात्र गोल गरेका थिए । खेलको म्यानअफ दी म्याच सम्राट स्र्पोटिङका प्रतिक लिम्बू भए । उनलाई लक्ष्मी सनराईज बैंक बेलबारीका शाखा प्रबन्धक नवराज बस्नेतले नगद १ हजार हस्तान्तरण गर्नुभएको छ ।