विराटनगर, ओखलढुंगा र झापामा भएको मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । हिजो बेलुका सवाँ ५ बजे ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका ०८ माम्खा स्थित बा.प्र. ०२-०१६ प ८५३२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटना हुँदा मोटरसाईकल चालक ओखलढुंगा चिसंखुगढी गाउँपालिका ०४ रातमाटे मझुवा का ३५ बर्षीय हस्त बहादुर बि.क. को घटनास्थलमानै मृत्यु भएको थियो ।
यसैगरी हिजै राती पौने ११ बजे झापा दमक नगरपालिका ३ मावापुल स्थितमा मे ५ प ९७३१ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ मिक्लाजुङ गाँउपालिका १ घर भई झापा दमक नगरपालिका ५ मा डेरा गरी बस्ने २२ बर्षीय सगुन राईको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय