सम्झना राई
केराबारी । मोरङ्गको केराबारी–१ मा रहेको साना किसान कृषि सहकारी संस्था लि., पाटी सेवा केन्द्र समितिले केरावारी–५ मा ४ दिने व्यवसायिक अचार बनाउने तालिम सम्पन्न गरेको छ ।
महिलाहरुलाई आत्मनिर्भर साथै रोजगारमूलक बनाउने उद्देश्यले ४ दिने अचार बनाउने तालिम दिएको हो । झापाको दमकबाट रबि अर्गानिककी सञ्चालिका कविता बान्तावाले प्रशिक्षण दिनुभएको थियो । ४ दिनको अचार बनाउने तालिममा बंगुरको मासुको अचार, रागाको मासुको अचार, आँप, अकबरे खुर्सानीलगायत विभिन्न अचारका परिकारहरुको तालिम दिईएको थियो ।
तालिममा करिब १ सयभन्दा बढी सहभागीता रहेको थियो । केराबारी वडा नम्बर ६ का वडाध्यक्ष उपेन्द्र लुङगेली मगरको प्रमुख आतिथ्यता भएको थियो भने सेवा केन्द्र संयोजक दिलकुमार दाहालको सभापतित्वमा भएको थियो । कार्यक्रममा केराबारी वडा नम्बर ५ का वडाध्यक्ष अजय थेगिम, संस्था अध्यक्ष हरिबहादुर बस्नेत, प्रबन्धक अमर राई , वडा नं. ६ की सदस्य बुद्धरानी लिम्बूलगायतको उपस्थिति रहेको थियो । साना किसान कृषि सहकारी संस्था लि. २०६१ सालमा स्थापना भएको थियो । कार्यक्रम संचालन भने शिक्षा उपसमितिको संयोजक सम्झना लिम्बू राईले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय