उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ ले वडाभित्र रहेका सुत्केरी महिलाहरूलाई पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सुत्केरी महिलाहरूमा पौष्टिक आहारको कमी हुन नदिन सो कार्यक्रम सञ्चालन गरेको मिक्लाजुङ–२ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले जानकारी दिनुभयो । सुत्केरी आमाहरूलाई प्रतिब्यक्ति एक क्रेट अण्डा, एक बट्टा घिउ, एक बट्टा मह र १ थान झुल बितरण गर्दै आएको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।
वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी ४२ जना सुत्केरी महिलाहरूलाई सो पौष्टिक आहार बितरण गरिएको छ । वडा कार्यालयको महिला लक्षित कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरूलाई पौष्टिक आहारको वितरण गरिएको छ । वडाबाट पौष्टिक आहार र झुल पाउँदा खुसि लागेको सहभागीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय