उर्लाबारी । मोरङको उर्लाबारी–४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पसले एसइई पुरक ( ग्रेडवृद्धि)का लागि परिक्षा दिने विद्यार्थीलाई नि–शुल्क ट्युसन कक्षा सुरु गर्ने भएको छ ।

नेपाली, गणित, बिज्ञान, सामाजिक , ऎ.गणित, अर्थशास्त्र बिषयका कक्षाहरु यहीँ असार २३ गते देखि संचालन हुन लागेको हो । मंगलबारे, इटहरा, रतुवामाई, सौठा , झाँरसादी , मधुमल्लालगायत स्थानबाट आउने विद्यार्थीहरुलाई निःशुल्क यातायातको समेत ब्यवस्थापन गरिएको क्याम्पस प्रमुख खेमराज कार्कीले जानकारी दिनुभयो ।
उहाँले बजारमा विभिन्न ठाउँहरुमा ट्युसन कक्षाको धेरै शुल्क असुल गरी विद्यार्थीबाट फाइदा लिने गरेको भेटेपछि विभिन्न स्थानका विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले कक्षा सुरु गर्न लागेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय