लेटाङ ।– लेटाङको बीपी चौकमा ४२ औं बीपी स्मृति दिवस भव्य रुपमा मनाइएको छ। नेपाली कांग्रेसका क्षेत्रीय सभापति शंकर राईको आतिथ्यतामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले बीपी कोइरालाको सालिकमा माल्यार्पण गरी दिवस मनाएका हुन्।
कार्यक्रममा बीपी कोइरालाको योगदानको चर्चा गरिएको थियो। उपस्थित वक्ताहरूले बीपी कोइरालाको दूरदर्शिता, राजनीतिक धैर्यता, र प्रजातन्त्रप्रतिको अडानलाई स्मरण गरे। शंकर राईले बीपी कोइरालाको विचार र आदर्शलाई वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
नेपाली कांग्रेसका विभिन्न तहका कार्यकर्ताहरूले समेत बीपी कोइरालाको योगदानको प्रशंसा गर्दै उनका आदर्शलाई आत्मसात् गर्नुपर्ने आवश्यकता रहेको बताए।
कार्यक्रममा स्थानिय स्तरका विभिन्न नेताहरू, समाजसेवी, तथा नागरिक समाजका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। बीपी कोइरालाको स्मृतिमा आयोजित यस कार्यक्रममा सहभागिहरूले उनको आदर्शलाई पछ्याउँदै प्रजातन्त्रलाई मजबुत बनाउन प्रतिबद्धता जनाएका थिए।























