उर्लाबारी । प्राइम कमर्सियल बैंक शाखा कार्यालय सोमबारेले रतुवामाईका ६ वटा सामुदायिक विद्यालयलाई ‘वाटर डिस्पेन्सर’ सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रतुवामाई–१० को महेन्द्र माबि, हिमालय आधारभूत विद्यालय, रतुवामाई–८ को सरस्वती माबि, पाथीभरा आधारभूत विद्यालय, रतुवामाई–९ को जनता माबि र रत्नडिक आधारभूत विद्यालयलाई १÷१ थान वाटर डिस्पेन्सर ‘वाटर डिस्पेन्सर’ वितरण गरेको हो । बैंकले विद्यार्थीहरुलाई दक्षित गरी सफा, चिसो, तातो पानी उपलब्ध गराउने उद्देश्यले ‘वाटर डिस्पेन्सर’ वितरण गरेको जनाएको छ । रतुवामाई नगरपालिका वडा नं. १० का वडाध्यक्ष भुलबहादुर कार्की (आशिष) को प्रमुख आतिथ्यतामा भएको थियो । वडाध्यक्ष कार्कीले विद्यालयप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनीय रहेको भन्दै बैंकलाई धन्यवाद दिनुभयो । बैंकका कोशी प्रदेश कलष्टर (१) का रिलेशनसिप मेनेजर रुपकराज सुवेदी, सोमबारे शाखाका प्रबन्धक प्रकाशकुमार राजवंशीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम प्राईम बैंकका कोशी क्लस्टर प्रमुख ऋषिराज भट्टराईको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय