उर्लाबारी । द्वन्द्व पीडित स्वरोजगार सिपमूलक तालिम केन्द्र उर्लाबारी–७ को आयोजनामा तथा उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चालित दुई महिने सिलाई कटाई आधारभूत तालिम सम्पन्न भएको छ।
चैत २ गतेदेखि सुरु भई बैशाख १७ गतेसम्म सञ्चालन भएको उक्त तालिममा २० जना महिलाहरुले सहभागिता जनाएका थिए। तालिम केन्द्रका सचिव भिम बहादुर राउतका अनुसार तालिममा दुई जना प्रशिक्षकमार्फत सहभागी महिलाहरुलाई सिलाई कटाई सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।
बुधवार उर्लाबारी–७ स्थित स्कुलडाँडामा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ की वडा अध्यक्ष उर्मिला थापाद्वारा प्रशिक्षार्थी महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रम तालिम केन्द्रका उपाध्यक्ष जनक खडकाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा सदस्य सन्तोष निरौला, स्थानीय समाजसेवी ईश्वरी अधिकारीलगायतको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उर्मिला थापाले महिलाहरुलाई स्वरोजगारमुखी बनाउन यस्ता सिपमूलक तालिम महत्वपूर्ण हुने धारणा व्यक्त गर्दै यस्ता कार्यक्रमले महिलाहरुलाई आत्मनिर्भर बनाउने बताउनु भयो । कार्यक्रम संचालन तालिम केन्द्रका सचिव भिम बहादुर राउत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय