ADVERTISEMENT

उर्लाबारी । योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल मिक्लाजुङ गाउँ कमिटीको चौथों अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठनका रूपमा रहेको वाइसीएल नेपाल मिक्लाजुङ मोरङको अधिवेशनले मात्रिका श्रेष्ठ अध्यक्ष रहेको ३४ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा आशिष चौहान, किरण श्रेष्ठ, स्वस्तिका बस्नेत, सचिबमा समिर खड्का, सहसचिबमा मातृका राई, प्रज्वल रिमाल र कोषाध्यक्षमा प्रवेश लम्साल रहनुभएको इन्चार्ज सुबास खड्काले जानकारी दिनुभयो । वाइसिएलका केन्द्रीय सचिब डम्बर पुलामी (कर्मा) को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता दिनेश पौडेल, मिक्लाजुङ अध्यक्ष उमेश राई, वाइसिएलका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज दिपक आले मगर, वाइसीएल मोरङ जिल्ला अध्यक्ष योगेश लिम्बूलगायतको उपस्थिति रहेको थियो । वाइसीएल मिक्लाजुङका अध्यक्ष सुशन खड्काको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु