
उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी–६ को वडा अधिबेशनले बलराम दाहालको नेतृत्वमा नयाँ समितिको चयन गरेको छ ।
उर्लाबारी ६ स्थित सिद्देश्वर धामको सभाहलमा शनिवार भएको वडा अधिवेशनमा ५ सदस्यीय वडा समिति गठन गरेको हो । सभापतिमा दाहालसँगै सदस्यहरुमा धर्मप्रसाद रिजाल, शान्ता कुमार श्रेष्ठ, अनामिका बास्तोला र रामकुमार श्रेष्ठ रहेको रास्वपा नगर सचिब कुमार दाहालले जानकारी दिनुभएको छ । बिधान अनुसार समितिको बैठकबाट अन्य पदाधिकारीहरुको चयन गरिनेछ ।