
उर्लाबारी । पूर्व जनमुक्ति सेना नेपाल उर्लाबारी नगर कमिटीको प्रथम अधिवेशनले बसन्त आङ्थोपको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।
जसको उपाध्यक्षमा एन्जल भट्टराई (जुनु), सचिबमा विनिता राई (अनमिका), सहसचिबमा नइन्द्र चेम्जोङ (अन्जान) र कोषाध्यक्षमा रिमा राई रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा कुमारी राई (चिना), मेनुका भट्टराई (सन्दिपा), बुद्धिमान श्रेष्ठ, हिमाल थापामगर, बेदनारायण बड्तौला (विज्ञान), अर्जुन शिवा, मानबहादुर शिवा (वादल), मञ्जु तामाङलगायत रहनुभएको छ । नेकपा माअोवादी केन्द्रका नेता प्रेम मिभकको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो । माओवादी केन्द्रका जनवर्गिय संगठनहरुलाई चलयमान बनाउँदै जनता केन्द्रीत कार्यक्रम सञ्चालन गरिरहेको पार्टीका उर्लाबारी नगर कार्यवहाक अध्यक्ष राजिब लिम्बूले जानकारी दिनुभयो ।