
उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारीको कार्यबहाक अध्यक्षको जिम्मेवारी राजिब लिम्बूले पाउनुभएको छ ।
अध्यक्ष गजेन्द्र दंगाल स्वास्थ्य परीक्षणका लागि काठमाडौं जानु भएकाले जेठ १५ गतेसम्मका लागि कार्यबहाक अध्यक्षको जिम्मेवारी लिम्बूलाई दिएको हो । लिम्बू उपाध्यक्ष हुनुहुन्छ भने छायाँ सरकारको प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।