ADVERTISEMENT

मधुमल्ला । मोरङको मिक्लाजुङमा कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. ले सेवा केन्द्रगत सदस्य विस्तारित भेला कार्यक्रम गरिएको छ ।
शनिबार मिक्लाजुङ गाउँपालिकाको मधुमल्लास्थित बृद्धबृद्धा सामुदायिक भवनमा सो कार्यक्रम गरिएको हो । संस्थाको बचत तथा ऋण नीति, सदस्य सामाजिक सुरक्षाका नीतिहरू र अन्य समसामायिक गतिविधि, संस्थाको वित्तीय अवस्था, समस्या र चुनौतीहरूको विषयमा छलफल गरिएको छ । शेयर सदस्यहरुलाई साक्षर बनाउने उद्देश्यले कार्यक्रम सो कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा ८० भन्दा बढी शेयर सदस्यहरुको सहभागिता रहेको कर्मचारी दिया थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु