
रतुवामाई । इलाका प्रहरी कार्यालय सिजुवामा नयाँ प्रहरी प्रमुखका रूपमा प्रहरी निरीक्षक कैलाश लिम्बू जिम्मेवारी सम्हालेका छन् । नेपाल प्रहरीले बुधबार उनलाई सिजुवा इलाका प्रहरी कार्यालयमा सरुवा गरेको हो ।
लिम्बू यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, बाह्य प्रशिक्षक परिचालन तथा व्यवस्थापन शाखा महाराजगञ्ज, काठमाडौँमा कार्यरत थिए । हाल मोरङको रतुवामाई नगरपालिका स्थित इलाका प्रहरी कार्यालय सिजुवामा उनको सरुवा भएको हो ।
उनको आगमनसँगै सिजुवामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । स्थानीयवासीहरूले पनि नयाँ प्रहरी प्रमुखसँग आपराधिक क्रियाकलाप नियन्त्रण र समुदाय–प्रहरी समन्वय सुदृढ हुने आशा व्यक्त गरेका छन् ।