पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा एन्फा ए.सी.एफ.सी.सी. लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष २०२५ को  समापन भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाकम एक महिना अघिदेखि सो तालिम सञ्चालन भएको थियो । वडा नं. १ को जाँते मोडमा अवस्थित प्रस्तावित रंगशालामा कोचिङ कोर्षको प्रशिक्षण सञ्चालन भएको थियो । प्रशिक्षक उत्पादन गर्ने मुख्य उद्देश्य सहित सो तालिममा झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, तेह्रथुम, सिरहा, कैलाली, रौतहट लगायत विभिन्न जिल्लाका सहभागीहरूले प्रशिक्षण लिएका थिए । सशस्त्र प्रहरी बल (एपीएफ) का प्रतिनिधिहरू समेत सहभागी भएको यस तालिममा हरेक दिन बिहान र बेलुका सैद्धान्तिक तथा व्यवहारिक कक्षा प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा एन्फाका टेक्निकल डाइरेक्टर/ प्रशिक्षक हरि खड्का, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष संजिव बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय