दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वन उपभोक्ता समूहको २३ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभामा वन संरक्षण, सिमसार प्रवद्र्धन र सामुदायिक सहभागितामा योगदान पु¥याएका व्यक्तित्वहरूको सम्मान गरियो । कार्यक्रममा वेतिनी सामुदायिक वन तथा वेतिनी सिमसार क्षेत्रको निरन्तर प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको भन्दै उर्लाबारी न्युज डटकमका सञ्चालक घनश्याम भण्डारीलाई विशेष सम्मान प्रदान गरियो । भण्डारीलाई नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । स्थानीय पर्यटन र पर्यावरण संरक्षणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने सन्देश पनि यस सम्मानले दिएको छ ।
यसैगरी, वन उपभोक्ता समूहमा कार्यरत कर्मचारीमध्ये कार्यालय सहायक शोभा थापा र सिमसार कर्मचारी नेत्रकुमारी घिमिरेलाई उत्कृष्ट सेवाका लागि नगदसहित सम्मान गरियो । वन संरक्षण र व्यवस्थापनमा निरन्तर योगदान पु¥याएका ताराप्रसाद गिरी, मोहन थापा र बलानन्द लिम्बू, विभिन्न टोली संयोजक तथा ज्येष्ठ नागरिकहरूलाई पनि सम्मानित गरिएको थियो ।
साधारणसभामा सञ्चालक समिति अध्यक्ष भीमबहादुर राईले आगामी वर्षको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो भने सचिव अर्जुन बास्तोलाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अरुणा थापाले आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभयो । प्रतिवेदनहरूमाथि छलफल गर्दै उपभोक्ताहरूले वन व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने सुझावसमेत राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले उर्लाबारीका सिमसार क्षेत्रको संरक्षण र विकासका लागि नगरपालिकाले विभिन्न योजना अघि बढाइरहेको बताउनुभयो । उहाँले प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन विकासमा समेत नगरपालिकाको ध्यान केन्द्रित रहेको उल्लेख गर्नुभयो । साधारणसभामा वडा नं. २ का वडाध्यक्ष राजन कँडेल, सामुदायिक वन महासंघ नेपालकी उपमहासचिव सीता श्रेष्ठ, प्रदेश महासंघ सदस्य ऐनकुमारी दाहाल, जिल्ला महासंघका मदन पोख्रेल, मनोहर सामुदायिक वनका सचिव भीम श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै सामुदायिक वनले वातावरण संरक्षण, स्थानीय रोजगारी र पर्यटन विकासमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । वेतिनी सामुदायिक वनको २३ औँ साधारणसभाले सामुदायिक सहभागिता, संरक्षण र विकासबीचको सन्तुलनलाई बलियो बनाउँदै आगामी दिनमा वन र सिमसार क्षेत्रलाई उर्लाबारीको पहिचानका रूपमा स्थापित गर्ने प्रतिबद्धता पुनः दोर्होयाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय