उर्लाबारी, नेपाल तामाङ घेदुङ नगर कार्य समिति उर्लाबारीको ८औँ नगर अधिवेशन शनिबार सम्पन्न भएको छ। उर्लाबारी–५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बामा आयोजित अधिवेशनले ११ सदस्यीय नयाँ नगर कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित नगर कार्य समितिको अध्यक्षमा बिक्रान्त योन्जन चयन भएका छन्। यस्तै, उपाध्यक्षमा छिरिङ तामाङ र लिला लामा (महिला), सचिवमा सोभितमाया तामाङ, सह–सचिवमा मनोज तामाङ तथा कोषाध्यक्षमा जोमा तामाङ चयन भएका छन्।
साथै, नगर समितीको सदस्यहरूमा तोरा तामाङ, सपना तामाङ, प्रकाश मोक्तान, लिला बहादुर तामाङ र पेमा तामाङ रहेका छन् ।
घेदुङका नगर अध्यक्ष राजकुमार योन्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा महेन्द्रजंग तामाङको उपस्थिति रहेको थियो।
कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रबिन लामा, वडा नं. ९ का वडा अध्यक्ष नर बहादुर मोक्तान, समाजसेवी रुद्र बहादुर तामाङ लगायत तामाङ घेदुङका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनले तामाङ समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।























