आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट घनश्याम खतिवडाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन्।

बिहान उर्लाबारी वडा नम्बर ५ मा अवस्थित नेकपा एमाले उर्लाबारी नगर पार्टी कार्यालयबाट निकालिएको र्‍याली उर्लाबारी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेर उम्मेद्वारी दर्ता कार्यक्रममा परिणत भएको थियो।

उक्त अवसरमा नेकपा एमालेका नेता तथा कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।

उम्मेद्वारी दर्तापछि खतिवडाले जनताको विश्वास र अपेक्षालाई आत्मसात् गर्दै मोरङ–१ को समग्र विकास, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

एमालेले अनुभवी, संगठनात्मक रूपमा सक्षम र जनआधारित नेताका रूपमा खतिवडालाई उम्मेद्वार बनाएको जनाएको छ। उनको उम्मेद्वारीसँगै मोरङ क्षेत्र नम्बर १ मा निर्वाचनको चहलपहल थप बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय