मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा पशुपंक्षी सेवा केन्द्रको उद्घाटन एक विशेष समारोहबीच सम्पन्न भएको छ। मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले बुधबार आयोजित समारोहमा यो केन्द्रको औपचारिक उद्घाटन गर्नुभयो।
यो सेवा केन्द्रले वडा नं. ७, ८ र ९ का पशुपंक्षी पालक कृषकहरूलाई स्थानीय स्तरमै सहज, गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। अध्यक्ष राईले उद्घाटन समारोहमा बोल्दै कृषकहरूको सुविधाका लागि यो केन्द्र स्थापना गरिएको बताउनुभयो। “हाम्रो मुख्य उद्देश्य कृषकहरूलाई पशुपंक्षीको स्वास्थ्य र उत्पादन वृद्धिका लागि आवश्यक सेवा र सहयोग घरदैलोमै पुर्‍याउनु रहेको अध्यक्ष राईले बताउनु भये ।
यसअघि मिक्लाजुङ गाउँपालिकाको वडा नं. ३ बाट मात्र पशुपंक्षी सम्बन्धी सेवा प्रदान गरिँदै आएको थियो। अब वडा नं. ८ मा यो नयाँ केन्द्र सञ्चालनमा आएसँगै कृषकहरूले थप सहज रूपमा सेवा प्राप्त गर्नेछन्। साथै, वडा नं. ५ को बेलटारमा पनि चाँडै अर्को सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले यो केन्द्रले स्थानीय कृषकहरूको जीवनस्तर उकास्न र पशुपंक्षी पालनलाई व्यवसायीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। “कृषकहरूलाई प्राविधिक सहयोग, औषधि र परामर्श सेवाहरू उपलब्ध गराएर हामी कृषकहरूको उत्पादन र आय वृद्धिमा सहयोग गर्ने बताउनु भयो ।
उद्घाटन समारोह वडा नं. ८ का वडाध्यक्ष पूर्ण बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय कृषकहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरू र सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले यो पहलले स्थानीय स्तरमा पशुपंक्षी पालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरेका छन्।
यो सेवा केन्द्रको स्थापनाले मिक्लाजुङ गाउँपालिकाको कृषि र पशुपंक्षी क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ।

May be an image of 6 people, dais, temple and text that says 'मिक्लाजुड गाउंपालिका मिक्लाजुड-. मोरड, नेपाल पशुपंछी सेवा के उदघाटन कार्य मिति શ०८શ आवाण 98 म'

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय