झापा । झापाको दमकमा तीनवटा सवारी साधन एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

हिजो साँझ ५ः३० बजे दमक ४ भाइरल रोडको संगम चोकस्थित भित्री सडकखण्डमा आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश न.१–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई सामान्य ठक्कर दिएको थियो । साइकल अनियन्त्रित हुँदा सोही दिशाबाट जाँदै गरेको प्रदेश न.१–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले समेत ठक्कर दिँदा साइकल यात्री दमक ३ बस्ने ५३ वर्षीय रणबहादुर बिष्ट गंभीर घाइते भएका थिए ।

टाउको, दुबै हात र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका विष्टलाई खरखरे आम्दा अस्पताल दमकबाट थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा आज बिहान ४ बजे उनको मृत्यु भएको हो । ;मृतकको शव सोही अस्पतालमा रहेको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ८ बस्ने ४६ वर्षीय दुर्गाबहादुर बस्नेत पनि घाइते भएका छन् । निधार,दुबै हात र खुट्टामा चोट लागेका बस्नेतलाई खरखरे आम्दा अस्पताल दमकबाट थप उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।

साइकल, मोटरसाइकल , कार र कार चालक मोरङ उर्लाबारी ७ बस्ने ४० वर्षीय नेत्रप्रसाद तिम्सिनालाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय